डीपीएलमा काठमाडौं गोल्डेन्सद्वारा धनगढी स्टार्स पराजित

डीपीएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै जितको सुरुआत गरेको हो।

टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा गर्‍यो । महबुब आलमले विजयी चौका प्रहार गरे । उनी १२ र विक्रम भुसाल १० बलमा २ छक्का प्रहार गरी १४ रनमा अविजित रहे ।

काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान २ रनमा आउट भए ।

धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। अमिर हायत र विपिन खत्रीका नाममा १/१ विकेट रह्यो ।

यस्तैटस टस हारेर ब्याटिङमा आएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।धनगढीको तर्फबाट अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ र पवन सर्राफले १९ रन बनाए।

बलिङ तर्फ नन्दन यादव २, ललित राजवंशी र अंकित दबासले १/१ विकेट लिए।

निर्धारित तालिका अनुसार डीपीएल शनिबार सुरु हुने कार्यक्रम थियो। तर वर्षाका कारण प्रतियोगिता दुई दिनलाई पछाडि धकेलिएपछि सोमबारबाट सुरु भएको हो।

प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछ। यो प्रस्तावित ड्रिम फाप्ला अन्तर्राष्ट्रिय मैदान हो।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंमा अनिलकुमार शाह, ललितनारायण राजवंशी, महबुब आलम, सोनु तामाङ, विक्रम भुसाल, गौरव तोमार लगायत खेलाडी छन्। त्यस्तै सोमपाल कामी रणनितिक खेलाडी र कप्तान रहेको धनगढीमा युएईका कप्तान रोहन मुस्ताफासहित अमिर हायत तथा सुनिल धमला, सौरभ खनाल, पवन सर्राफ लगायत खेलाडी छन्।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *