सन्दिप नखेले पनि दिल्लीको विजयी सुरुआत

indians vs capitals

मुम्बई — भेट्रान युवराज सिंहले ३५ बलमा ५३ रन बनाएपनि त्यसलाई निस्तेज पार्दै दिल्ली क्यापिटल्सले आइतबार राति इन्डियन प्रिमियर लिग २०१९ मा मुम्बइ इन्डियन्सलाई ३७ रनले हराएको छ ।

वानखेडे स्टेडियममा भएको खेलमा दिल्लीले आफ्नो सबै क्षेत्रमा सुधार देखाउँदै २ सय १३ रन बनाएको थियो र त्यसमा ऋषब पन्तले आक्रामक खेल प्रस्तुत गरे ।

त्यसको जवाफमा तीन पल्टको विजेता मुम्बइ १९।२ ओभरमा १ सय ७६ रन बनाएर अलआउट भयो । ऋषबले २७ बलको मात्र सामना गरेर ७८ रन बनाए । यस्तै शिखर धनवले ३६ बलमा ४३ रनको योगदान गरे ।

स्रोत : कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *