आईपीएल : चेन्नाइको पाँचौं जित

purchase Lyrica from canada चेन्नाइ — डिफेन्डिङ चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा मंगलबार राति पाँचौं जित दर्ता गरेर अंक तालिकामा आफूलाई मजबुत बनाएको छ । 

चेन्नाइले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हरायो। चेन्नाइ १० अंकसहित लिग तालिकाको पहिलो स्थानमा छ। हारेपछि कोलकाता दोस्रो स्थानमा छ। उसको ८ अंक छ।

कोलकाताले पहिले ब्याटिङ गर्दै ९ विकेटमा १ सय ८ रन बनायो। त्यसको जवाफमा चेन्नाइले १६ बल बाँकी छँदा ३ विकेटमा १ सय ११ रन बनायो।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *