हार्दिकको अलराउन्ड प्रदर्शनमा चेन्नाइ रोकियो

मुम्बई — मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को बुधबार रातिको खेलमा चेन्नाइ सुपर किंग्सलाई ३७ रनले हरायो । मुम्बईको जितमा हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गरे ।

उनले सुरुमा ८ बलमा २५ रन बनाए र पछि २० रनमा तीन विकेट लिए । यस हारपछि चेन्नाइको लगातार हारको यात्रा टुंगिएको छ । तीन खेल जितेयता उसको यो पहिलो हार हो र यसले चेन्नाइको अंक तालिकाको शीर्ष स्थानमा रहने योजनामा धक्का लागेको छ ।

मुम्बईले खेलमा पहिले ब्याटिङ गर्दै ५ विकेटमा १ सय ७० रन बनाएको थियो । जवाफमा महेन्द्रसिंह धोनीको चेन्नाइले ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *