सन्दीपको दिल्ली पराजित

नयाँ दिल्ली — सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा बिहीबार राति सनराइज हैदरावादसँग ५ विकेटले पराजित भएको छ ।

जितका लागि १ सय ३० रन पछ्याइरहेको सनराइजले ९ बलको खेल बाँकी छँदै ५ विकेटमा १ सय ३१ रन बनाएको थियो । त्यसमा इंग्ल्यान्डका जोनी बियरस्टोले सर्वाधिक ४८ रन बनाए ।

दिल्लीका लागि सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । उनले दीपक होडाको विकेट प्रँप्त गरे । यसअघि दिल्लीले कमजोर ब्याटिङ गर्दै ८ विकेटमा १ सय २९ रन बनाएको थियो ।

जितपछि हैदरावाद ४ खेलबाट ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दिल्ली भने ४ अंकमा पाँचौं स्थानमा छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *