मुम्बईको जितमा पोलार्ड नायक

मुम्बई — निमित्त कप्तानको भूमिकामा रहेका किरोन पोलार्डले ३१ बलमा ८३ रन बनाएपछि मुम्बई इन्डियन्सले बुधबार राति इन्डियन प्रिमियर लिग ९आईपीएल० २०१९ मा किंग्स इलेभेन पंजावलाई ३ विकेटले हरायो । 

अन्तिम बलमा प्राप्त जितमा मुम्बइले पछिल्ला १० ओभरमा जितका लागि चाहिएको १ सय ३३ रन जोडेको हो । जितपछि मुम्बई अंक तालिकाको तेस्रो स्थानमा रह्यो ।

पहिले ब्याटिङ गरेको पंजावले ४ विकेटमा १ सय ९७ रन बनायो । त्यसमा केएल राहुलले शतक बनाए । तर त्यसलाई ओझेलमा पार्दै पोलार्डले अविश्वसीय प्रदर्शन गरे र म्यान अफ द म्याच भए ।
मुम्बइ जितसम्म पुग्दा ७ विकेट गुमाएर १ सय ९८ रनको स्थितिमा थियो । पंजाव अंक तालिकाको चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *