कलाकारको तयारी

काठमाडौँ — ‘मातृभूमि कप’ च्यारिटी क्रिकेट खेलका लागि कलाकारहरू तयार भएका छन्  । चितवनमा बनाउन लागिएको प्रस्तावित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण सहयोगार्थ शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल ‘ए’ र ‘बी’ का साथै कलाकारको दुई टोलीबीच पनि प्रतिस्पर्धा हुँदै छ  ।नेपाल ‘ए’ को नेतृत्व राष्ट्रिय टोलीका कप्तान पारस खड्का र नेपाल ‘बी’ को नेतृत्व उपकप्तान ज्ञानेन्द्र मल्लले गर्दै छन् । दुवै टोलीको समर्थनमा कलाकारको पनि छुट्टाछुट्टै टोली हुनेछ ।

हास्य जोडी मदनकृष्ण श्रेष्ठको कप्तानीमा रहने आर्टिस्ट ‘ए’ र हरिवंश आचार्यको कप्तानीमा आर्टिस्ट ‘बी’ टोली पनि मैदानमा उत्रिने छन् । नेपाल ‘ए’ र ‘बी’ को खेल २०–२० ओभर तथा कलाकारको खेल १०–१० ओभरको हुनेछ । सुनील थापा, सरोज खनाल, नीर शाह, कुमार कट्टेल, अर्जुन घिमिरे, राजाराजेन्द्र पोखरेल, सन्दीप क्षेत्री, प्रमोद खरेल, निश्चल बस्नेत, हेमन्त शर्मा, हेमन्त राना, सन्तोष लामा, दयाहाङ राई, बद्री पंगेनी, सुलेमान शंकर, प्रदीप खड्का, नीराजन प्रधान, कृष्ण काफ्ले, माओत्से गुरुङ, कमल मैनाली, राजु ढकाल, शंकर बिसी, कर्मा शाक्यलगायत कलाकार मैदानमा उत्रँदै छन् ।

‘एक सातादेखि हामी कलाकारहरूले तयारी गरेका छौं । अभ्यासमा कृष्ण काफ्ले र नीराजन प्रधानले छक्का प्रहार गरेपछि हामी थप उत्साही भएका छौं,’ खेल आयोजक एवं गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको आयोजक धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने । उनले च्यारिटी खेलबाट उठेको रकमको १५ प्रतिशत बारा र पर्सामा विपत् प्रभावितलाई प्रदान गरिने जनाए ।

गायक सन्तोष लामाको उत्साह पनि त्यस्तै थियो । उनले भने, ‘आज १०–१० ओभरको खेलमा दुई ओभर बलिङ गरियो, कुनै पनि अतिरिक्त रन खर्चिएन ।’ खेलाडीको टोलीमा पारस समावेश नेपाल ‘ए’ मा शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की छन् ।

नेपाल ‘बी’ मा ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब, सुसन भारी, दिलीप नाथ र प्रदीप ऐरी छन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *