नेपाललाई यूएईसँगको ट्वान्टी–२० शृङ्खला

एकदिवसीय अन्तर्राष्ट्रियपछि नेपालले यूएई विरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा पनि जित हासिल गरेको छ । नेपालले पहिलोपटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो । यसअघि नेपालले नेदरल्याण्ड्स र हङकङसँग शृङखला खेलेको थियो । दुवैमा नेपाल पराजित भएको थियो । 

तीन खेलको शृङ्खलाअन्तर्गत तेस्रो तथा निर्णायक खेलमा आइतबार १४ रनको जितसँगै नेपालले शृङ्खला २–१ ले जितेको हो। नेपालले पहिलो खेलमा बिहीबार २१ रनले हारेको नेपालले दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो।

दुवईस्थित आईसीसी एकेडेमी ओभलमा वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो। कप्तान पारस खड्काको २९ र डेब्यू शृङ्खला खेलेका सन्दीप जोराको २८ रनको सहयोगमा नेपालले ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो।
ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि नेपालले तेस्रो खेलमा पनि राम्रो सुरुआत गर्न सकेन। कप्तान पारसले एउटा एण्डबाट रन बटुलिरहँदा अर्को एण्डबाट ज्ञानेन्द्र मल्ल ११ र दीप्न्द्र सिंह ऐरी २ रनमा आउट भए।

पारसले १४ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्बाधिक २९ रन बनाए।जवाफमा सन्दीप जोरा र विनोद भण्डारीले पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक योगफल बनाएको हो। ११ बल खेलेर जोराले ३ छक्कासहित २८ रन बनाउँदा १३ बलमा २ चौका र १ छक्कासहित विनोदले २१ रन जोडे। करण केसीले पनि १० रन बनाए। यूएईका मोहम्मद नभिद र अमिर हायतले २/२ विकेट लिए।

१ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ९० रनमात्र बनाउन सक्यो। करण केसी अभिनाश बोहोरा र ललितनारायण राजवंशीले २/२ विकेट लिएसँगै यूएईको इनिङ कमजोर बन्यो। सोमपाल कामीले नेपालको विकेट खाता खोलेका थिए। सन्दीप लामिछानेले पनि १ विकेट लिए।

यूएईका घुलामा शब्बरले १५ बलमा २५, साइमन अनवारले २० बलमा ३० र मोहम्मद बोताले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन्।दुवै शृङ्खला जितेर नेपाली टोली सोमबार स्वदेश फर्कँदैछ।

यूएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको छ। दुबई स्थित आईसीसी एकेडेमी ओभलमा खेल सुरु हुनु अगाडि वर्षा भएकाले खेल १०–१० ओभरमा झारिएको छ।

नेपालले प्रदीप ऐरीको स्थानमा विनोद भण्डारीलाई खेलाएको छ। विनोदले नै नेपालबाट विकेटकिपिङ गर्नेछन्।शृङ्खला १–१ को बराबरीमा रहेको छ। युएईले पहिलो खेल २१ रनले जितेको थियो। नेपालले दीपेन्द्रसिंह ऐरीको अविजित ४७ रनमा ४ विकेटले जित्दै ३ खेलको शृङ्खला बराबरीमा ल्याएको थियो।नेपालले ३ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला यसअघि नै २–१ ले जितेको थियो।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *