यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

दीपेन्द्र सिंह ऐरीले ४७ रनको अविजित इनिङ खेलेपछि यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको छ । योसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।

१ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। सुरुआत राम्रो गर्न नसके पनि मध्यक्रममा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालको जितको आधार बनेको थियो।

ओपनिङमा आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए। दोस्रो ओभरमा आउट भएका प्रदीप ऐरीले पनि ८ रनमात्र बनाउन सके। उपकप्तान ज्ञानेन्द्र मल्लले ७ र पहिलो खेलमा कीर्तिमानी अर्धशतक बनाएका सन्दीप जोरा आउट हुँदा नेपालले ४६ रनमा ५ विकेट गुमाइसकेको थियो।

अन्तिम ओभरको पहिलो बलमा पवन सर्राफ १८ रनको स्कोरमा आउट हुँदा नेपाललाई जितका लागि अझै ७ रन आवश्यक थियो। त्यसपछिका २ बलमा दीपेन्द्रले छक्का र चौका प्रहार गरी शृङखला बराबरीमा ल्याएका हुन्। दीपेन्द्रले ४१ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ४७ रन बनाए।

यसअघि दुवईको आईसीसी एकेडेमी ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९.२ ओभरमा अलआउट हुनुअघि १ सय ७ रन बनाएको थियो। युएईका चुन्दनगापोयिल रिज्वनले ४४, साइमन अनवार १४ र मोहम्मद बोताले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ अभिनाश बोहोराले ३ विकेट लिए। सन्दिप लामिछाने, करण केसी र सोमपाल कामीले पनि २/२ विकेट झारे।शृङ्खला अन्तर्गत तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ।

संयुक्त अरब इमिरेट्सले दोस्रो ट्वान्टी–२० क्रिकेटमा नेपाललाई १०८ रनको लक्ष्य दिएको छ। दुबईस्थित आइसीसी एकेडर्मी ओभलमा शुक्रबार टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९.२ मा सबै विकेट गुमाउँदै १०७ रन बनायो।

नेपालका लागि डेथ ओभरमा बलिङ गर्न आएका अविनाश बोहराले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। यसअघि सोमपाल कामी र सन्दीप लामिछानेले पावर प्ले भित्रै ४ विकेट झारेपछि यूएई सुरुमै दबाबमा आएका थियो।

यस्तै सोमपाल कामी, सन्दीप लामिछान‍े र करण केसीले २/२ विकेट लिए।यूएईको तर्फबाट ३ जना खेलाडीले मात्रै दोहोरो अंकको रन जोड्न सके। ओपनर चुन्दनगापोयल रिज्वनले सर्वाधिक ४४ रन बनाए।साइमन अनवर १४ / मोहोम्मद बोताले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न सकेनन्।

संयुक्त अरब इमिरेट्स (यूएई) र नेपालबीचको दोस्रो टी–२० क्रिकेटमा नेपालले राम्रो सुरुआत गरेको छ। शुक्रबार घरेलु टोलीविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ नेपालले ४ विकेट लिइसकेको छ। नेपालको तर्फबाट सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिएका छन्।

तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ। नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ।

आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ। एक दिवसीय शृङ्खला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्थामा छ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *