रूपन्देही च्याम्पियन

प्रदेशस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि रूपन्देहीले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा बाँकेलाई ५३ रनले हराएर रूपन्देहीले उपाधि उचाल्यो । 

प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता च्याम्पियन रूपन्देही टोली । तस्बिर : कान्तिपुर

टस हारेर ब्याटिङ गरेको रूपन्देहीले २० ओभरमा ८ विकेट गुमाई १ सय १० रन बनायो । सुरज दराईले ४०, विशाल खत्रीले २७ रन बनाए । बाँकेका नासिर अन्सारी र सिद्धान्तराज शाहीले समान ३, अजय साहनीले २ विकेट लिए ।

Citizen

प्रत्युत्तरमा बाँकेले १६ ओभरमा सबै विकेट गुमाई ५७ रनमात्रै बनायो । सुवेन्दु पाण्डेले २८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरोमा रन बटुल्न सकेनन् । बाँकेलाई सस्तोमै समेट्न रूपन्देहीका अजय लोनियाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा एक मेडन राख्दै ९ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच घोषित भए । विक्रम भुसाल र रुपेश कुर्मीले समान २ विकेट लिए ।

तेस्रो स्थानमा पाल्पाले नवलपरासीलाई ३० रनले पराजित गर्‍यो । टस जितेको पाल्पाले १९.५ ओभरमा सबै विकेट गुमाई १ सय २२ रन बनायो । सागर थापा क्षत्रीले ४५ र रुपेश बस्यालले २२ रन बनाए । नवलपरासीका दिलीप कुर्मी, जितेन्द्र साहनी र इखलाक अहमदले समान २ विकेट लिए ।
प्रत्युत्तरमा नवलपरासी १९.४ ओभरमा ९२ रनमात्रै समेटियो । इखलाकले नटआउट २२, अर्पण लोनियाले १७ रन बनाए । पाल्पाका रुपेश बस्यालले ३, मोहन भुसाल र सागर थापाले २–२ विकेट लिए । सागर थापा म्यान अफ द म्याच घोषित भए ।

चैतमा हुने आठौं राष्ट्रिय खेलकुदमा भाग लिने क्रिकेट खेलाडी छनोट गर्न अन्तर जिल्लाबीच खेल भएको हो । अब राखेपले तोकेका ५ सदस्यीय छनोट समितिले आइतबार उत्कृष्ट १४ खेलाडी छनोट गरी प्रदेशस्तरीय टिम बनाउने छ ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *