एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जित्ने नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

संयुक्त अरब इमिरेट्ससँग एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पहिलोपटक नेपालले एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको थियो। माघ ११ देखि २० गतेसम्म यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोली सोमबार अपरान्ह त्रिभुवनविमानस्थल झरेको थियो । खेलाडीको स्वागतको लागि निस्कने बाटोमा रातो कार्पेट बिछ्याइएको थियो ।

प्रकाशित : माघ २१, २०७५ १६:५७

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यहरुले स्वागत गरेका थिए । त्यसलगत्तै विमानस्थल परिसर निस्किएका खेलाडीलाई सैयौंको संख्यामा उपस्थित समर्थकले हुटिङ गरेर स्वागत गरेका थिए । उनीहरुले नेपाली क्रिकेट टिम हाइ हाइ… नेपाल नेपाल… यो जित कस्को? नेपालको भन्दै हुटिङ गरेका थिए ।

चारैतिरबट भीडले घेरिएपछि खेलाडीलाई बससम्म पुर्‍याउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । नेपालले ३ खेलको एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २–१ ले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *