डीपीएल : फाइनल प्रवेशका लागि अत्तरिया र काठमाडौं भिड्दै

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बुधबार मध्यान्ह सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच पहिलो क्वालिफायर्स खेल हुँदै छ । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज दिउँसो १ बजे दुवै टोली शीर्ष दुई स्थानमा रहँदै क्वालिफायर्स खेल्न लागेका हुन् । यो खेल जित्ने टोली शनिबार हुने फाइनलमा पुग्ने छ भने पारजित टोली बिहीबार हुने पहिलो इलिमिनेटरको विजेतासँग शुक्रबार दोस्रो क्वालिफायर्स खेल्ने छ ।

मंगलबार भएको लिग चरणको अन्तिम खेलमा अत्तरियाले काठमाडौंलाई ७ विकेटले हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा रहको थियो भने काठमाडौं दोस्रो स्थानमा रहेको थियो ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *