डीपीएल : फाइनल प्रवेशका लागि काठमाडौं र महेन्द्रनगरबीच प्रतिस्पर्धा हुँदै

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगरबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइल तस्बिर ।

पहिलो क्वालिफायरमा सीवाइसी अत्तरियासँग हार ब्यहोरेको काठमाडौं र इलिमिनेटर खेलमा रुपन्देही च्यालेन्जर्सलाई हराउँदै विजेता बनेको महेन्द्रनगरबीच शुक्रबार प्रतिस्पर्धा हुन लागेको हो ।धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज मध्यान्ह साढे १२ बजे खेल हुनेछ । आजको खेलमा जित हात पार्ने टोलीले शनिबार हुने फाइनलमा अत्तरियाको समाना गर्ने छ ।राउन्ड रोबिनको खेलमा काठमाडौंले महेन्द्रनगरलाई ७ रनले पराजित गरेको थियो ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *