डीपीएल : काठमाडौंले दोस्रो क्वालिफायर खेल्न अस्विकार गरेपछि महेन्द्रनगर फाइनलमा

काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शुक्रबार हुन लागेको दोस्रो क्वालिफायर्स खेल खेल्न अस्विकार (रिफ्युज टु प्ले) गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंले आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै डीपीएल क्रिकेटको शुक्रबार हुने दोस्रो क्वालिफायर्स खेल काठमाडौं गोल्डेन्सले बहिस्कार गरेको थियो।

शनिबार महेन्द्रनगरले सीवाइसी अत्तरियासँग फाइनल खेल्ने छ।काठमाडौंका म्यानेजर सञ्जय श्रेष्ठले आफ्नो ठोलीले नखेल्ने निर्णय गरेको बताए। उनले भने ‘सुरुदेखि नै आयोजकले आइसीसीको नियम फलो गरेका छैनन्। मैदानको अवस्था पनि राम्रो छैन। फेरि हामी यो फ्रेन्चाइज लिग खेलेर आइसीसीइको अन्य खेल खेल्न जाने पनि होइन।’

बिहीबार काठमाडौंका विदेशी खेलाडी अंकित दबासलाई बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो। काठमाडौं गोल्डेन्सले खेलेका २ खेलमा दबासको बलिङ मैदानमा रहेका अम्पायरहरुले शंकास्पद पाएको आयोजकले जनाएको थियो।प्रतियोगिताको प्राविधिक समितिले भिडियो विश्लेषण गर्दा उनको बलिङ अनाधिकृत रहेको ठहर गरेको थियो। काठमाडौंले जितेका तीनै खेलमा उनी अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ दि म्याच चुनिएका थिए।

भारतीय यी खेलाडीले काठमाडौंबाट सर्वाधिक ६ विकेट लिएका थिए। यस बाहेक १५३ रन पनि बनाएका थिए।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *