डीपीएल फाइनल आज : अत्तरिया र महेन्द्रनगरबीच प्रतिस्पर्धा हुँदै

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको शनिबार फाइनल खेल हुँदै छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज मध्यान्ह सीवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदै छ । 

शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दीपन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाबीच फाइनलमा भिडन् हुनलागेको यो पहिलोपटक हो । दीपेन्द्रको कप्तानीमा रहेको टोली फाइनलमा खेलन लागेको पनि यो पहिलोपटक हो ।

भेषावकरको कप्तानीमा रहेको टिमले यसैवर्ष मात्रै पोखरा प्रिमियर लिग जितेको थियो । राउन्ड रोबिनको खेलमा अत्तरियाले एक खेल मात्रै हारेको थियो । जुन महेन्द्रनगर युनाइटेडसँग थियो । वर्षाले मैदान हिलाम्य बनाएपछि ६/६ ओभर खेलाइएको उक्त खेलमा महेन्द्रनगरले ७ विकेटको जित हात पारेको थियो ।

फाइनल जित्ने टोलीले ३० लाख र उपविजेताले १२ लाख रुपैयाँ नगद पाउनेछ । यसअघिका दुई संस्करणको उपाधि स्थानीय टोली टिम चौराह धनगढीले उचालेको थियो ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *