डीपीएलको ‘सफ्ट’ उद्घाटन होटलमा

काठमाडौँ — डीपीएलको ‘सफ्ट’ उद्घाटन होटल फ्लोरामा गरिएको छ । निर्धारित तालिका अनुसार शनिबारबाट डीपीएलका खेलहरु सुरु हुने कार्यक्रम थियो । सोहीक्रममा उद्घाटन समारोह पनि राखिएको थियो ।

बुधबार रातिदेखिको वर्षाले मैदान हिलाम्ये बनाएको कारण आयोजकले खेलहरु दुई दिनपछि सारिसकेको छ ।खेलहरु सोमबारबाट सुरु हुनेछन् । सामन्य हिसाबमा होटलमा उद्घाटन समारोहलाई भने निरन्तरता दिइएको हो ।

सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहम्मद सफिक (समिर खान) लाई म्याच बल प्रदान गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले यसपटक फाप्लामा खेल खेलाएर विधिवत रुपमा मैदान तयार भएको सन्देश दिइने र स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय रंगशाला बनाउने दृढता राखे । निजि र सरकारको लगानीमा नमुना रंगशाला बनोस भन्ने प्रदेश सरकारको चाहाना रहेको जनाए ।

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले डीपीएल सुदुरपश्चिमको गौरव र राष्ट्रको कोशेढुंगा भएको जनाए । आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले डीपीएल र ड्रिम फाप्लालाई सहयोग गर्न प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

डीसीएका अध्यक्ष सुवास शाहीले सबैको साथमा प्रतियोगिताले ठूलो रुप लिइरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *