डीपीएल अपडेट : विराटनगरविरुद्ध रुपन्देहीको सहज जित

रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो विराटनगर किंग्सविरुद्ध भएको खेलमा ५ विकेटको विजय निकाल्दै दोस्रो जित हात पारेको हो ।

विराटनगर किंग्सले दिएको ९४ रनको लक्ष्य रुपन्देहीले १३.१ ओभरमा ९५ रन पुरा गर्दै भेट्टाएको थियो।भीम सार्की १२ र कप्तान बसन्त रेग्मी ८ रनमा अविजित रहे। टोलीलाई विजय बनाउँदा पुनित मेहराले २७ बलमा ४६ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे।

बाबर हायतले १७ रन जोडे। प्रदीप ऐरी २, सन्दीप सुनार शुन्य र विनोद भण्डारी ७ रनमा आउट भए।बलिङतर्फ विराटनगरका किंग्सका अविनाश यादवले २ तथा करण केसी, सुशन भारी र सम्साद शेखले १/ १ विकेट लिए।

यसअघि विराटनगरको तर्फबाट राजेश पुलामीमगरले सर्वाधिक १७ रन बनाए। यस्तै मोहम्मद असदूल्लाह खानले १६, मोहम्मद सम्साद शेखले १० र कुशल भूर्तेलले १२ रन बनाए।
हरिशंकर साह शुन्यमा आउट भए भने आसिफ शेख ८, पृथु बाँस्कोटा ४, सुवास ऐर ९, अविनाश यादव ७ र कप्तान करण केसी २ रन बनाउँदै पबेलियन फर्किए।

बलिङतर्फ रुपन्देहीका विदेशी खेलाडी पुनीत मेहराले ३ विकेट लिए। ललितसिंह भण्डारी कप्तान बस्नत रेग्मीले २/२ विकेट लिए। बिक्रम सोब र कृष्ण कार्कीको नाममा १/१ विकेट रह्यो।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *