राजर्षी जनक कपको पहिलो क्वार्टरफाइनलमा आयोजक र थ्री स्टार भिड्दै

चैत्र २७, २०७५

सर्लाहीमा जारी तेस्रो राजर्षी जनक कप फुटबलको पहिलो क्वार्टरफाइनलमा आज आयोजकको ए टोली र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । सर्लाहीको बागमती नगरपालिकास्थित स्थानीय खेल मैदानमा दिउँसो ३ बजेपछि क्वार्टरफाइनल भिडन्त सुरु हुनेछ । 

आयोजकले सरस्वती युथ क्लबलाई ३–१ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो । थ्री स्टार भने बाई पाएर क्वार्टरफाइनलबाट यात्रा सुरु गर्न लागेको हो । स्थानीय खेलाडीको उत्कृष्ट सेट बनाएर मैदान उत्रिएको आयोजकको ए टोली घरेलु मैदानमा अर्को ए डिभिजन क्लब थ्री स्टारलाई हराउँदै सेमिफाइनल पुग्ने योजनामा रहेको छ । अपरिचित टोली विरुद्ध थ्री स्टार पनि सचेत खेल खेल्दै जितको खोजीमा रहनेछ । 

Nepal Sports

यसअघि हिजो भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै विभागीय टोली एपीएफले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएको थियो । गोल्डकपको उपाधि विजेताले १० तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ हात पार्नेछन् ।  

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *