दाउफिन्स सेमिफाइनलमा

इटहरी — क्यामरुनी टोली दाउफिन्स मंगलबार सुनसरीको दुहबीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकपको सेमिफाईनलमा पुगेको छ । अन्तिम क्वाटरफाइनलमा उसले भारत वेस्ट बंगालको रोयल क्लबलार्ई ३–२ ले हराएको थियो ।

चौथो मिनेटमा दाउफिन्सका वानिक ओवानाले गोल गरेका थिए । ३६ औं मिनेटमा मेसोकेले थपगोल गर्दै टोलीलाई अग्रता दिलाए । यता रोयल क्लबबाट २६ औंमिनेटमा क्रिसको पासमा बेनिटोले गोल गरेर टोलीलाई खेलमा
फर्काएका थिए ।पहिलो हाफमा दाउफिन्सले भारतीय टोलीलाई दबाबमा राख्यो । दोस्रो हाफको १३ औं मिनेटमा दाउफिन्सका कोनाले गोल गर्दै अग्रता बढाए । दाउफिन्सले त्यसपछि केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

रोयलले दोस्रो हाफमा खेल सुधारेको थियो । दोस्रो हाफको १७ औं मिनेटमा वेस्ट बंगालको तर्फबाट क्रिसले गोल गरेर अन्तर कम गरेका थिए । दाउफिन्सका मेसोके म्यान अफ द म्याच घोषित हुँदै १० हजार जित्न सफल भए ।
दाउफिन्सले बिहीबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग खेल्नेछ । दुहबी रंगशालामा रुस्लान थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *