म्यान सिटी एफए कपको उपाधि नजिक

चैत्र २४, २०७५ म्यानचेष्टर सिटी, एफ ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्ब्लीमा भएको पहिलो सेमिफाइनलमा ब्राईटन एण्ड होभ एल्बियनलाई १–० ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

चौथो मिनेटमा गाब्रिएल जेसुसले गरेको एकमात्र गोल सिटीलाई फाइनलमा पुर्‍याउन पर्याप्त रह्यो । ७० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि सिटीले गोलको संख्या भने थप्न सकेन । उपाधिका लागि सिटीले आज हुने वार्टफोर्ट र वोल्भरहेप्टनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *