युभेन्ट्स उपाधितर्फ उन्मुख

मिलान — उदयमान किशोर खेलाडी मोइस केन मंगलबार राति फेरि एकपल्ट रंगभेदी दुर्व्यवहारको शिकार भए, तर उनकै गोल मद्दतले युभेन्ट्सले इटालीको सिरी ए मा मंगलबार राति कागलिरीलाई २–० ले हरायो ।

यो जितपछि युभेन्ट्स लगातार आठौं लिग उपाधितर्फ उन्मुख भएको छ । इटालीका १९ वर्षीय केनले चौथो खेलमा आफ्नो चौथो गोल गरे । यसअघि लियोनार्डो बानुचीले गोलको खाता खोलेका थिए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *