म्याड्रिडको लज्जास्पद हार

म्याड्रिड — जिनेदिन जिदानले गेराथ बेललाई बुधबार राति स्पेनी ला लिगामा सुरुदेखि खेलाएनन् र उनको रियल म्याड्रिड भ्यालेन्सियाको हातबाट २–१ ले पराजित रह्यो । कमजोर खेलेको रियल हारका लागि हकदार थियो ।

जिदानले अन्तिम पटक लिभरपुलविरुद्ध युरोपेली च्याम्पियन्स लिगको फाइनलमा बेललाई बेञ्चमा राखेका थिए । त्यति बेला वेल्स खेलाडीले मैदानमा प्रवेश गरेयता उत्कृष्ट प्रदर्शन गरे । तर यसपल्टको कथा त्यस्तो रहेन् ।

भ्यालेन्सियाको जित प्रभावशाली रह्यो र उसका लागि जोनकालो गुडेस र इजक्वेल गरायले गोल गरे । यो जितपछि भ्यालेन्सिया लिग तालिकाको शीर्ष चारबाट एक अंकको दूरीमा मात्र रह्यो ।

रियलका लागि करिम बेन्जेमाले इन्ज्युरी समयमा गोल फर्काए पनि त्यो सान्त्वना मात्र रह्यो । सिजनमा खराव सुरुआतका बावजुत रियलविरुद्ध प्राप्त यो जितले भ्यालेन्सियाको स्थिति राम्रो भएको छ र अब उत्कृष्ट अन्त्यका लागि क्लबले प्रयास गर्न सक्नेछ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *