सेभियाद्वारा डिर्पोटिभो २ – ० ले पराजित

चैत्र २२, २०७५ स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा सेभिया, लेगानेश र रियल सोसिडाड विजयी भएका छन् । डिर्पोटिभो अलाभेषलाई २–० ले हराउँदै सेभियाले पाँचौ स्थानको भ्यालेन्सिया सँगको अंक बराबरी गरेको हो ।

३० खेलबाट दुबैको ४६ अंक भएको छ । रोक्यु मेसा र पाब्लो साराबियाले गोल गर्दै टोलीलाई अंक दिलाएका थिए । रियल भल्लाडोलिडलाई १–० ले हराएको लेगानेश, तालिकाको १२ औं स्थानमा उक्लिएको छ । रियल सोसिडाडले भने रियल बेटिसमाथि २–१ को संर्घषपूर्ण जित निकाल्यो । पछिल्लो जितले सोसिडाडलाई तालिकाको नवौं स्थानमा पुर्याएको छ ।

३० औं चरणका खेल सकिंदा बार्सिलोना ७० अंकमा शीर्ष स्थानमा रहदा एटेलेटिको मड्रिड ६२ अंकमा दोस्रो र ५७ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छन् । हुएस्का, रायो भल्कानो र सेल्टा डि भिगो भने रेलिगेशन जोनमा रहेका छन् ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *