मेस्सी नेपाल आउदैं

फूटबल जगतमा उत्कृष्ट मानिने खेलाडी हुन् लिओनेल मेस्सी l विश्व भरिका खेल प्रेमी हरुले उनलाई निकै रुचाउने गर्छन l शान्त स्वभाव का मेस्सीको खेल हेर्दा लाग्छ कि मानौ कुनै जादुगरले मैदानमा जादु गरिरहेको छ l नेपाली खेलप्रेमीहरुले पनि उनलाई एकदमै मनपराउने गर्छन l यो समाचार नेपालका सबै खेलप्रेमीहरुको लागि खुसिको खबर साबित हुन सक्छ l

मेस्सी नेपाल आउदैछन l मे २५ मा बार्सिलोनाको सिजनको अन्तिम खेल खेलेर मेस्सी नेपाल आउने तय भएको छ l मेस्सी सपरिवार छुट्टि मनाउन नेपाल आउने भएका छन् l उनि लगभग २० दिन नेपाल बस्ने भएका छन् l नेपालमा उनि काठमाण्डौ,पोखरा,बुटवल लगाएतका शहरहरु घुम्ने छन् l मेस्सीलाई नेपाल पहिलै देखि मनपर्ने र नेपाल घुम्ने रहर निकै पहिले देखि भएकको कुरा उनको Agent बताउछन l पहिलै देखी घुम्ने चाहाना भए पनि आफ्नो व्यस्तताको कारण नेपाल आउने मौका नमिलेको कुरा उनि बताउछन l

नेपालमा रहदा UNICEF को सहयोगद्वारा उनले बनाएको Health Post पनि अवलोकन गर्ने बताएको छन् l नेपालमा उनको लाखौको सङ्ख्यामा समर्थकहरु छ्न ! स्पेनिश क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सीको यो पहिलो नेपाल भ्रमण हो ! यसअगि उनि नेपाल आएका थिएनन ! उनलाई बिमान्स्थलमा एन्फा र खेलकुद महसंघका पदादिकारीहरुलेले स्वागत गर्ने जनाएको छ !आफ्नो यो बिदामा उनले एन्फाका खेलाडीहरुसँग पनि भेटेर अन्तरक्रिया गर्ने छन् l

आफ्नो पहिलो नेपाल भ्रमणलाई लिएर मेस्सी निकै उत्साहित छन् l स्पनिस पत्रिका मार्का सँगको अन्तर्वार्तामा उनले भने “मलाई नेपाल निकै मनपर्छ,नेपालमा मेरा धेरै प्रसंशक हरु छन्,र म मेरो नेपाल भ्रमणको लागि निकै उत्साहित छुl “

(पत्याउनु भो होइन ? तर भ्रामित नहुनुहोस् l मेस्सी नेपाल आउन लागेका हैनन् l यो अप्रिल फूलका अवसरमा तयार पारिएको काल्पनिक समाचार हो l )

Leave a Reply

Your email address will not be published. Required fields are marked *