विश्वकप फुटसलबाट बाहिरियो नेपाल

चैत्र २०, २०७५ अर्जेन्टिनामा जारी १२ औं एएमएफ फुटसल विश्वकपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाली टोली फ्रान्ससँग ३–२ ले पराजित भएको हो ।

यो सँगै विश्वकप फुटसलमा पहिलो पटक सहभागी भएको नेपाल समूह चरणबाटै बाहिरिएको छ । फ्रान्सको पोष्टमा सुजन बलामी र सन्जिभ तामाङले गोल गरेपनि जितका लागि पर्याप्त बन्न सकेन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा भोलि क्याटलोनियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाली टोली अमेरिकासँग २–१ ले स्तब्ध भएको थियो ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *