फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत

चैत्र २१, २०७५
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिफा वरियतामा कुनै सुधार गर्न सकेन । विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत छ ।

दक्षिण एशियाको पावर हाउस भारत २ स्थान सुधार गर्दै १ सय १ औँ स्थानमा पुगेको छ । अफगानिस्तान १ सय ४९, मालदिभ्स १ सय ५१, भुटान १ सय ८६, बगंलादेश १ सय ८८, पाकिस्तान २ सय र श्रीलंका २ सय २ स्थानमा रहेका छन् ।

फिफा वरियतामा बेल्जियम शिर्ष तथा फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा यथावत छन् । समान १ स्थान सुधार गरेका ईग्ल्याण्ड चौथो र उरुग्वे छैटौ स्थानमा छन् । १ स्थान तल झरेको क्रोयशिया पाँचौँ स्थानमा पुगेको छ ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *