ईपीएलमा चेल्सीको सहज जित

चैत्र २६, २०७५

ईङ्लीस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा चेल्सी बिजयी भएको छ । वेष्टहृयाम युनाईटेडलाई २-० ले हराउदै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । चेल्सीलाई जिताउन दुबै गोल ईडेन हाजार्डले गरे ।

२४ औं मिनेटमा पहिलो गोल गरेका हाजार्डले ९० औं मिनेटमा अर्को गोल थप्दै टोलीको जित निश्चित गरे । बलमाथी ५६ प्रतिशत नियन्त्रण जमाएको चेल्सीले थप ७ पटक असफल प्रयास गरेको थियो ।  ३३ खेलबाट ६६ अंक जोडेको चेल्सीले टटनहामलाई २ अंकले पछि पारेको हो । यद्यपि टटनहामले १ खेल कम खेलेको छ ।

प्रिमियर लिगको ३३ औं चरणको खेल जारी रहँदा लिभरपुल र म्यानचेष्टर सिटी बीचको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले ३३ खेलबाट ८२ अंक जोडेको छ भने दोस्रो स्थानको म्यानचेष्टर सिटीको ३२ खेलबाट ८० अंक छ ।    

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *