सिन्धु कपको तयारी

सिन्धुपाल्चोक — सुनकोसी गाउँपालिकाको लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा वैशाख पहिलो सातादेखि हुने सिन्धु कप फुटबलको तयारी सुरु गरिएको छ । जिल्लाको सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगितामा ए डिभिजनका क्लबहरूले भाग लिने छन् । यसका लागि मैदानको मर्मत सुरु गरिएको छ ।

आयोजक युथ स्पोर्टस क्लबका अध्यक्ष वीरबहादुर खडकाका अनुसार दुई दशकपछि यो प्रतियोगितालाई निरन्तरता दिन लागेको हो । मैदान मर्मत र प्रतियोगिताका लागि १० लाख उपलब्ध गराउने घोषणा गरेको छ । थप रकम संकलन र सहयोग जुटाइरहेको अध्यक्ष खडाले जानकारी दिए । प्रतियोगिताका लागि करिब ४५ लाख खर्च हुने अनुमान छ ।ए डिभिजनका ५ र अन्य ३ टोलीले भाग लिनेछन् । वैशाख ७ देखि १४ सम्म हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । हरेक म्यान अफ द म्याचलाई ५ हजार नगद प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीलाई २० हजार, विधागत उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही १० हजार प्रदान गरिनेछ । यो क्लबले यसअघि चारपल्ट प्रतियोगिता गरिसकेको छ । ‘अब यसलाई निरन्तरता दिने सोचमा छौं,’ अध्यक्ष खडाले भने ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *