राजर्षी जनककप आगामी सोमबारबाट

चैत्र २२, २०७५ राजर्षी जनककप फुटबल प्रतियोगिताको तेस्रो संस्करण सर्लाहीमा आगामी सोमबारबाट हुने भएको छ । बागमती युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र सरस्वती युथ क्लब प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका सबै खेलहरु सर्लाहीस्थित क्लबको मैदानमा हुनेछन् । २ विभागीय र १ विदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ हात पार्ने आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनुभयो । प्रतियोगितामा डिफेण्डिङ्ग च्याम्पियन सुदूरपश्चिम–११, नेपाल पुलिस, एपीएफ, थ्री स्टार, हिमालयन शेर्पा, सरस्वती युवा, फ्रेण्डस् क्लब, झापा–११, वीरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, भुटानको पारो एफसी, आयोजक बागमती युवा क्लब र बागमती नगरपालिका कार्यालयको टोलीले पनि सहभागीता जनाउने छन् ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *