लिभरपुल र टोटनहमलाई अग्रता प्राप्त

पेरिस — लिभरपुलले युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लिगमा मंगलबार राति एफसी पोर्टोलाई २-० ले हरायो । यस्तै टोटनहमले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्‍यो । 

यस जितपछि दुवै इंग्लिस प्रिमियर लिग क्लबले पहिलो लेगमा महत्त्वपूर्ण अग्रता लिन सफल रह्यो । अब अर्को साता दोस्रो लेगका खेल हुनेछन् ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि नेबी केइटाले ५ र रोबर्टो फिरमिनोले २६ औं मिनेटमा गोल गरे । यस्तै टोटनहमका लागि सङ ह्वेङ-मिनले ७६ औं मिनेटमा एक मात्र गोल गरे ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *