फाइदामा बार्सिलोना र युभेन्ट्स

पेरिस — युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति अन्तिम आठ पहिलो लेगका खेलपछि बार्सिलोना र युभेन्ट्स फाइदामा रहे । बार्सिलोनाले ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइेटडलाई १-० ले हरायो । 

त्यस जितमा बार्सिलोनालाई आत्मघाती गोल उपहार प्राप्त भएको हो । लुक सले १२ औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोना बलियो स्थितिमा रह्यो ।

युभेन्ट्सले भने आयाक्सको घरमा १-१ को बराबरी खेल्यो । क्रिस्टियोनो रोनाल्डोले ४५ औं मिनेटमा गरेको गोलले युभेन्ट्स अगाडि रहेको हो । यो रोनाल्डोको च्याम्पियन्स लिगमा १ सय २५ औं व्यक्तिगत गोल हो ।दोस्राे हाफको सुरुमै डेविड नेयेसले डच टिमका लागि बराबरी गोल गरे । अब दोस्रो लेगको खेल अर्को साता हुनेछ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *