ब्राजिललाई सजिलो अर्जेन्टिनालाई गाह्रो

सन् २०१९ को कोपा अमेरिका ‘ड्र’ बिहीबार निकालिएको छ । त्यसमा आयोजक ब्राजिलले सजिलो समूह पाएको छ । ब्राजिलको पारम्परिक प्रतिद्वन्द्वी अर्जेन्टिना पनि गाह्रो समूहमा परेको छ । त्यसमा उसले कोलम्बियाको सामना गर्नुपर्नेछ ।

रियो द जेनेरियोमा भएको कोपा अमेरिका ड्र समारोहमा ब्राजिली महिला फुटबलर मार्टा । तस्बिर : एएफपी

आठपल्टको विजेता ब्राजिललाई समूह ‘ए’ मा शीर्ष वरीयता दिइएको छ, जहाँ बोलिभिया, भेनेजुएला र पेरु छन् । ब्राजिलका तीनै लिग चरणका प्रतिद्वन्द्वी कमजोर आँक्ने मिल्ने खालका हुन् ।
ब्राजिलले जुन १४ मा हुने उद्घाटन खेलमा बोलिभियाको सामना गर्नेछ । खेल साओपाउलोमा हुनेछ । विश्वकप आयोजना गर्न लागेको देश कतारले यसपल्ट दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा पाहुना टिमका रूपमा डेब्यु गर्दै छ । कतारले पनि कठिन प्रतिद्वन्द्वीविरुद्ध नै खेल्नुपर्नेछ । समूह ‘बी’ मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वेसँगै कतार छ । कतारले पहिलोपल्ट एसियाबाहिर गएर खेल्न लागेको हो । यसपल्ट अर्को एसियाली देश जापानले पनि प्रतियोगिता खेल्नेछ ।
जापानले सन् १९९९ मा बिर्सनलायक डेब्यु गरेको थियो । यसपल्ट पनि उसले केही राम्रो गर्न कडा मिहिनेत गर्नुपर्नेछ । जापान समूह ‘सी’ मा छ र त्यस समूहमा कीर्तिमान १५ पल्टको विजेता उरुग्वे, डिफेन्डिङ च्याम्पियन चिली र इक्वेडर छन् ।
सन् २०१४ मा आफ्नै भूमिमा भएको विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको ब्राजिल यसपल्ट प्रशिक्षक चिचीको नेतृत्वमा खेल्दैछ । ५ वर्षअघि विश्वकपको सेमिफाइनलमा ब्राजिल आफ्नै भूमिमा जर्मनीसँग ७–१ ले पराजित रहेको थियो ।ब्राजिल त्यस प्रदर्शनलाई बिर्सन चाहन्छ । ब्राजिललाई आफ्ना स्टार खेलाडी नेयमरको स्थिति लिएर पनि चिन्ता हुनेछ । पेरिस सेन्ट जर्मेनका लागि बुधबार खेल्ने क्रममा उनी घाइते भएका थिए । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका जितेको छैन । पछिल्लो प्रतियोगतामा ब्राजिलले नकआउट चरण पनि प्रवेश गर्न सकेको थिएन । तीन वर्षअगाडि अमेरिकामा भएको शतवार्षिकी कोपा अमेरिकामा ब्राजिलले पेरुसँग १–० को स्तब्धपूर्ण हार बेहोरेको थियो ।

यसपल्ट ब्राजिलले जुन २२ मा साओ पाउलोमा पेरुको सामना गर्नेछ । अर्जेन्टिनाका लागि पनि कोपा अमेरिकासँगै अरू ठूला प्रतियोगितामा प्रदर्शनको इतिहास कमजोर छ । सन् १९९३ देखि कुनै ठूलो उपाधि जित्न नसकेको अर्जेन्टिना पछिल्ला पाँच मध्ये चार कोपा अमेरिकाको फाइनल पुगे पनि उपाधि भिडन्तमा निराश हुनुपरेको छ । अर्जेन्टिनाले जुन १५ मा कोलम्बियाको सामना गर्नेछ र खेल साल्भाडोरमा हुनेछ । त्यसले धेरै हदसम्म समूहको निर्णय गर्नेछ ।
अर्जेन्टिनाका लागि लियोनल मेसीले खेल्ने छन् वा छैनन् भन्ने पनि चिन्ता हुनेछ । मेसीले विश्वकपयता अर्जेन्टिनाका लागि खेलेका छैनन् । यसबीच टिमले ६ मैत्रीपूर्ण खेल खेलिसकेको छ । विश्वकपपछि टिमको प्रशिक्षण जिम्मेवारी पाएका लियोनल स्कालोनीको नेतृत्वमा मेसीले अहिलेसम्म खेलेका छैनन् । पछिल्लो कोपा अमेरिका फाइनलमा हारेपछि मेसीले संन्यास लिएका थिए, जुन पछि उनले फिर्ता पनि लिए । फाइनल जुलाई ७ मा रियोको माराकाना रंगशालामा हुनेछ ।
http://stampinkpaper.com/?p=3880 दुई पाहुना टिमसन् १९९३ देखि दक्षिण अमेरिकी फुटबल महासंघले कोपा अमेरिका खेल्न दुई बाहिरी टिम बोलाउन गरेको छ, सहभागी टिमको संख्या १२ पुर्‍याउन । त्यसअघि दक्षिण अमेरिकाका १० टिमलाई दुई समूहमा विभाजन गरेर खेल हुने गथ्र्यो । कोपा अमेरिकामा छनोट हुने गर्दैन । सिधै अन्तिम चरण खेल्ने गरिन्छ । मेक्सिको र कोस्टारिकाले धेरैपल्ट कोपा अमेरिका खेलेका छन्, पाहुना टिमका रूपमा । सन् १९९३ यता पहिलोपल्ट मेक्सिकोले खेलिरहेको छैन ।
यसपल्टको प्रतियोगितामा सुरुमा १६ टिम खेलाइने सोच बनाइएको थियो । त्यसका लागि एसियाबाट ६ टिमलाई अवसर दिने योजना थियो । तर अन्तिम समयमा आएर प्रतियोगिता १२ टिममै सीमित भयो । जापानसँगै सन् २०२२ को विश्वकप आयोजक देश कतारले खेल्ने अवसर पायो । जापानले सन् १९९९ मा खेल्न समूह चरणबाटै बाहिरिएको थियो । कतारका लागि भने आफ्नै भूमिमा हुने विश्वकपअगाडि खेलस्तर नाप्ने अवसर हुनेछ ।
buy generic dapoxetine uk बलियो प्रत्याशी को ?यसपल्टको प्रतियोगितामा प्रत्येक समूहबाट शीर्ष दुई टिम नकआउट चरणका लागि प्रवेश गर्नेछ । त्यससँगै प्रत्येक समूहको तेस्रो स्थानम रहने टिममध्ये शीर्ष दुईले पनि दोस्रो चरण खेल्ने अवसर पाउने छ । पछिल्ला दुई कोपा अमेरिका जितेको चिलीको फुटबल खस्केको छ र उसले पछिल्लो विश्वकप पनि खेलेन । उसको वरीयता खस्केर १३ मा पुगेको छ । यो डेनमार्कभन्दा पनि तल हो । त्यसैले आयोजक ब्राजिल नै उपाधिका लागि बलियो दाबेदार रहनेछ ।
अर्जेन्टिनाका खेल धेरै हदसम्म मेसीले खेल्ने छ वा छैन, त्यसमै निर्भर हुनेछ । बार्सिलोनाका स्टार खेलाडी मेसीले विश्वकपछि अघोषित रूपमा संन्यास लिएको अनुमान छ, तर त्यसबारे औपचारिक कुनै जानकारी आएको छैन । अर्जेन्टिनाले १४ अवसरमा कोपा अमेरिका जितेको छ । सन् २०११ को विजेता उरुग्वे भने कोपा अमेरिका इतिहासकै सबैभन्दा सफल टिम हो । यी दुई टिम पनि उपाधिका लागि बलियो दाबेदार रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *