यूएईविरुद्ध नेपालको रवाफिलो जित [अपडेट]

नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई दोस्रो एकदिवसीय खेलमा १४५ रनको फराकिलो जित हात पारेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो ।

यूएईको ब्याटिङलाई धराशयी बनाउने क्रममा नेपालका सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए।सोमपालले ६.३ ओभर बलिङ गर्दै ५ विकेट लिए। उनले १ ओभर मेडन राख्दै ३३ रन खर्चिए।यस्तै सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभर मेडेन राख्दै सोही ओभरमा ३ विकेट लिए।
३ खेलको शृंखला नेपालको विजयपछि १/१ को बराबरीमा आएको छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई २४३ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४२ रन बनायो। नेपालका सोमपाल कामीले यूएई विरुद्धको दोस्रो एकदिवसीय अन्तर्रष्ट्रिय क्रिकेटमा ४ विकेट लिएका छन्। उनले ६ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। यस्तै सन्दीप लामिछानेले पनि आफ्नो दोस्रो ओभर मेडन राख्दै ३ विकेट लिए।

नेपालको तर्फबाट रोहितकुमार पौडेलले अर्धशतक पुरा गरे। उनले ५८ बलमा ५५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो। उनको प्रयासमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोरबनायो।

यसैगरी ज्ञानेन्द्र मल्लले ६१ बलमा ४४, विनोद भण्डारीले ४६ बलमा २१, पारस खड्काले ३१ बलमा २१ रन प्रहार गरे।

ज्ञानेन्द्र मल्लपछि नेपालि ब्याट्सम्यानले खासै राम्रो खेल्न नसकेपनि छैटौं नम्बरमा आएका रोहितले इनिङ्स उकासेका थिए।

यस्तै दीपेन्द्रसिंह ऐरीले १२ बलमा १०, पवन सर्राफले १५ बलमा ८, आरिफ शेखले ४९ बलमा २९, करण केसीले ११ बलमा १८ रन प्रहार गरे।

यस्तै सन्दीप लामिछाने र ललितनारायण राजवंशी अविजित रहँदै क्रमशः १४ र ३ रन प्रहार गरे।
बलिङतर्फ यूएईका अमिर हायत र इमरान हैदरले ३/३ विकेट लिए। कप्तान मोहम्मद नाविद, जाहुर खान र अस्फाक अहमदले १/१ विकेट लिए।

तीन एक एकदिवसीय शृंखलामा घरेलु टिमले यूएईले १- ० को अग्रता लिएको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ३ विकेटले पराजित भयो।

पहिलो खेलमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपालले सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्नेछ। आजको खेल हारेमा नेपालले तेस्रो खेल खेल्नुअगावै सिरिज गुमाउने छ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *