अस्ट्रेलियाको सजिलो जित

सारजहा — एरोन फिन्चले लगातार शतक बनाएपछि अस्टे्रलियाले आइतबार राति दोस्रो वान डेमा पाकिस्तानलाई सजिलै आठ विकेटले हराएको छ । कप्तान फिन्चले १ सय ४३ बलमा १ सय ५३ रन बनाए र नटआउट रहे ।

फोटो स्रोत:क्रिकेट अस्ट्रेलिया

त्यस प्रदर्शनको मदतले अस्टे्रलियाले ४७।५ ओभरमा जितका लागि २ सय ८५ रनसँगै जित लक्ष्य छोएको थियो । यससँग उसले पाँच खेलको सिरिजमा २-० अग्रता पनि लिएको छ ।

यसअघि पाकिस्तानले मोहम्दन रिजवालको शतकमा पहिले ब्याटिङ गर्दै सात विकेटमा २ सय ८० रन बनाएको थियो ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *