जर्मनी द्वारा नेदरल्याण्डस् पराजित

पेरिस — निको सुल्जले अन्तिम मिनेटमा गोल गरेपछि जर्मनीले युरो २०२० छनोटमा आइतबार राति नेदरल्यान्ड्सलाई ३-२ ले हराएको छ । यस जितपछि जर्मनीले पछिल्लो पल्ट नेसन्स लिगमा डच टिमविरुद्ध बेहोरेको हारको बदला पनि लिएको छ ।

छनोटको समूह बी को खेलमा जर्मनीले दुई गोलको अग्रता लिएयता नेदरल्यान्ड्सले दुई गोल फर्काए खेललाई रोमाञ्चक स्थितिमा पुर्‍याएको हो ।

आइतबार रातिको अर्को महत्त्वपूर्ण खेलमा बेल्जियमले साइप्रसलाई २-० ले हरायो र त्यसमा एडन हेजार्डको नाममा एक गोल रह्यो । उनले आफ्नो देशका लागि सयौं खेलमा गोल गर्न सफल भएका हुन् ।यस्तै अर्को खेलमा रुसले काजाकिस्तानलाई ४-० ले पन्छायो ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *