फुलहम पर्‍यो रेलिगेसनमा

लन्डन — फुलहम बुधबार राति इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । वाटफोर्डसँग ४–१ ले पराजित भएपछि फुलहमको समस्याग्रत माथिल्लो डिभिजनको एक सिजनमा पूर्ण विराम लाग्ने भएको हो ।

स्कट पार्करको टिमलाईरेलिगेसनबाट केही दिनका लागि बच्न भिकारेज रोडमा हार टार्न आवश्यक थियो । तर पुछारबाट दोसो स्थानमा रहेको फुलहमले लगातार नवौं हार आत्मसात् गर्‍यो । सुरक्षित स्थानबाट १६ अंक टाढा रहेको फुलहमले अब अर्को सिजन च्याम्पियनसिपमा खेल्नेछ ।

एबडोलय डोकोरले वाटफोर्डलाई २३ औं मिनेटमा अग्रता दिलाएयता रायन बाबलले फुलहमका लागि बराबरी गोल फर्काएका थिए । तर फुलहमका लागि दोस्रो हाफ खराव रह्यो र त्यसमा उसका विरुद्ध विल ह्युग्स, ट्रोय डेनी र किके फेमिनायाले गोल गरे ।ज्याभी गार्सियाको टिमले १२ मिनेटको अन्तरमा तीन गोल गरेको हो । यसअघि शनिबार अन्तिम स्थानमा रहेको हडर्सफिल्ड पनि छ चरणको खल अगाडि नै रेलिगेसनमा परेको थियो ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *