सिटीको अर्को प्रभावशाली जित

लन्डन — पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले बुधबार राति इंग्लिस प्रिमियर लिगमा कार्डिफलाई सजिलै २–० ले हरायो र लिग तालिकामा लिभरपुललाई उछिनेर फेरि शीर्ष स्थान कब्जा गर्‍यो । सिटीका लागि केभिन डे ब्रुन र लेरोय सेनले गोल गरे ।

लिगमा भने सिटीको ८० अंक भएको छ र यो लिभरपुलको भन्दा एक अंक बढी हो । दुवै टिमले लिगमा छ छ खेल खेल्ने बाँकी छ । बुधबार रातिकै अरू दुई प्रमुख खेलमा चेल्सीले ब्राइटनलाई २-० र टोटनहमले क्रिस्टिल प्यालेसलाई २-० ले पराजित गरेर क्लबमाथि रहेको दबाब कम गरेको छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *