म्यानचेस्टर पराजित

लन्डन — एस्ली योङको अनावश्यक रातो कार्ड र क्रिस स्माइलिङको दुर्भाग्यपूर्ण आत्मघाती गोलको कारण म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति उल्भ्सको हातबाट बिर्सनलायक २–१ को हार बेहोर्‍यो ।

हारले ओल गन सोल्ससारको टिमले तेस्रो स्थानमा उक्लिने मौकालाई गुमायो । हारले म्यानचेस्टर पाँचौं स्थानमा रह्यो र यसले उनको शीर्ष चारमा रहेर युरोपेली च्याम्यिपन्स लिगका लागि छनोट हुने सम्भावनामा धक्का पुगेको छ ।पछिल्ला चार खेलमा म्यानचेस्टरको यो तेस्रो हार पनि हो ।

यसले नर्वेली व्यवस्थापक सोल्ससारमाथि दबाब पनि सिर्जना भएको छ । स्कट म्याकटोनीले क्लबका लागि गरेको पहिलो गोलको मदतले म्यानचेस्टरले अग्रता लिएको थियो । तर डिएगो जोटाले उल्भ्सका लागि बराबरी गोल फर्काए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *