पञ्जावको चौथो जित

चैत्र २६, २०७५

किङ्ग्स एलाभेन पञ्जावले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चौथो जित दर्ता गरेको छ । पछिल्लो खेलमा गएराती सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदै पञ्जाव तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।  हैदरावादले दिएको १ सय ५१ रनको चुनौती उसले १ बल अगाबै ४ विकेट गुमाएर भेट्टायो ।

लोकेश राहुलले अबिजित ७१ रन बनाउदै टोलीलाई जित दिलाए । मायंक अग्रवालले ५५ रनको योगदान गरे ।  सन्दिप शर्माले २ तथा सिद्धार्थ कौल र रासिद खानले पञ्जावको एक एक विकेट लिए ।  यसअघि पञ्जावको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ५० रनको मध्यम योगफल तयार पारेको थियो । डेभिड वार्नरले नटआउट ७० रन बनाएको हैदरावादको ईनिङसमा बिजय शंकरले २६ रन बनाए ।  रविचन्द्रन आश्विन, मुजिवउर रहमान र महम्मद सामीले हैदरावादको एक एक विकेट लिए । 

आईपीएल क्रिकेटमा आज शीर्ष स्थानमा रहेका २ टोली कोलकत्ता नाईट राईडर्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुनेछ । खेल चेन्नईको घरेलु मैदानमा नेपाली समयअनुसार राती सवा ८ बजे सुरु हुनेछ l

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *