आईपिएल : बेंगलोरको लगातार चौथो हार

जयपुर — लेग स्पिन श्रेयस गोपालको उत्कृष्ट प्रदर्शनको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा मंगलबार राति पहिलो जित हात पारेको छ । उसले रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेट हरायो ।

बेंगलोरको भने यो लगातार चौथो हार हो । पहिले ब्याटिङ गरेको बेंगलोरले ४ विकेटमा १ सय ५८ मात्र बनाउन सक्यो । जवाफमा राजस्थानले ३ विकेटमा सजिलै १ सय ६४ रन जोड्यो । श्रेयसले १२ रनमा तीन विकेट लिए र उनले विराट कोहली, एबी डि भिल्लियर्स र सिमरोन हेटमेरलाई आफ्नो शिकार बनाए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *