नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा आज कुवेत सँग भिड्दै

चैत्र ११, २०७५-नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । २ वटा मैत्रीपूर्ण खेलका लागि कुवेत भ्रमणमा निस्किएको नेपालले आज घरेलु टोलीसँग दोस्रो खेल खेल्न लागेको हो ।

कुवेतको अल अहमादी स्टेडियममा नेपाली समयानुसार राति सवा ९ बजे दोस्रो मैत्रीपूर्ण खेल सुरु हुनेछ । पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी खेलेका दुबै टोली दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा रहेका छन् ।

फिफा वरियतामा नेपालभन्दा ३ स्थान माथि रहेको कुवेतले पहिलो खेलमा नेपाली टोलीमाथि दबाब बनाए पनि गोल गर्ने अवसरको भने सदुपयोग गर्न सकेन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले दोस्रो खेलमा पनि घरेलु टोलीलाई कम्तीमा बराबरीमा रोक्ने लक्ष्यमा आफ्नो टोली मैदान उत्रने बताउनुभयो ।

पहिलो खेलमा भएका गल्तीलाई सुधार गर्दै क्षमता अनुसारको खेल खेल्ने कालिनको भनाई छ ।

स्रोत:कान्तिपुर दैनिक

http://bit.ly/2HWmsaK

Leave a Reply

Your email address will not be published. Required fields are marked *