सन्दिपलाई लाग्यो म्याच फिक्सिंग को आरोप

आईपिएलका पुर्व अध्यक्ष ललितकुमार मोदीले सोमबार बेलुका एउटा भिडियो आफ्नो ट्विटरमा पोस्ट गर्दै  नेपाली खेलाडी सन्दीप लामिछाने म्याच फिक्सिंगमा सामेल भएको बताएका छन् l

गत शनिबार भएको दिल्ली क्यपिट्ल्सकोलकाता नाईट रईडर्सको खेलमा म्याच फिक्सिंग भएको र सम्बन्धित निकायले  केहि पनि कदम नचालेको उनको आरोप छ l मोदीले पोस्ट गरेको भिडियोमा सन्दीप बलिंग गरिरहेका देखिन्छन l कोलकाताको इन्निन्ग्सको चौथो ओभरको खेल  भइरहेको क्रममा दिल्लीका विकेटकिपर ब्याटस्मेन रिसभ पन्तले बोलेको कुरालाई मोदीले म्याच फिक्सिंगसँग  जोडेका हुन् l “यो मजाक हो या के ? म यो पत्याउन सक्दिन l क्रिकेटको सबैभन्दा उच्च लिगमा म्याच फीक्सिंग भैरहेको छ र बिसिसिआई सुतिरहेको छ ! कहिले उठ्ने बिसिसिआई,कुनै अधिकारी लाई पनि यो कुराको मतलब छैन l “

सो कुरामा आइपिएल खेल्ने पहिलो नेपाली सन्दिप पनि मुछिएको हुनाले नेपाली खेलप्रेमीको ध्यान त्येता तानिएको छ l स्टम्पको माईकमा रेकर्ड भएको सो वार्तालाप निकै विवादास्पद बनेको छ l रिसभ पन्तले “यो त तेसै पनि चौका हो “ भन्छन र सोहि बलमा कोलकाताका ब्याटस्मेन  रोबिन उथप्पाले कभर्ड ड्राइभ गर्दै चौका प्रहार गर्छन l यही घटनालाई लिएर बलिंग गर्नु अगावै चौका हुने कुरा रिसवले कसरी थाहा पाए भन्ने प्रश्न मोदी लगायत अरु खेल समीक्षकहरुको छ l

 के हो त सत्यता ?

यो घटनापछि बिसिसिआईले तुरुन्त्रै सो कुरामा छानबिन  गर्यो र घटनाकोबारेमा बीसिसिआईको सिनीयर अफिसरले स्पष्ट समेत पारेका  छन् l उनका अनुसार रीसभले आफ्नो टीमका कप्तान श्रेयास् अय्येरलाई अफ साईडमा थप फिल्डर राख्न पर्ने नत्र बाउन्ड्री हुन सक्ने कुरा भनेको तर दर्शकहरुले पुरै कुरा नै नसुनी उनलाई आरोप लगाएको उनले बताएका छन्  l युवा खेलाडी पन्तलाई मोदी लगायत अरुले कुराको सार नै नबुझी आरोप लगाएको कुरा पनि बिसिसिआईका अधिकृत बताउँछन् l

सो म्याचमा कोलकताले १८५ रन बनाएर दिल्लीलाई १८६ रनको लक्ष्य दिएको थियो l दिल्लीले जवाफमा २० ओबरमा १८५ रननै बनाएको थियो र खेल सुपर ओभरमा गएको थियोl सुपर ओभरमा दिल्लीले १० रन बनाएर कोलकातालाई ११ रनको लक्ष्य दिएको थियो र जवाफमा कोलकाताले जम्मा ७ रन बनाएको  थियो l सो खेल का म्यान-अफ-दि-म्याच पृथिवी शॉ घोषित  भएका थिए l उनले ५५ बलमा ९९ रन बनाएका थिए l


Leave a Reply

Your email address will not be published. Required fields are marked *