क्रिकेटका उदयीमान स्टार: सन्दिप

१८ वर्षीय सन्दिप लामिछाने अहिले सबै नेपाली खेलप्रेमी हरु को मुटु को ढुकढुकी बन्न पुगेका छन्,निकै छोटो समयमा विश्वभर चर्चित हुन पुगेका सन्दिपको जीवन को बारेमा सबै लाई थाहा नहुन सक्छ,सन्दिप को जन्म सन् २०००,अगष्ट २ मा स्याङ्गजा को आरुचौरमा भएको थियो । पछि बसाई सराई गरेर उनी र उनको परिवार चितवन सरेका थिए,सानैदेखि क्रिकेटमा रुची राख्ने सन्दिप नजिकैको चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन सुरु गरे ।

नेपाली क्रिकेटका कप्तान पारस खड्का र तत्कालिन प्रशिक्षक पुबुदु दसानाएके  एक दिन भाग्यबश उनको एकेडेमीमा आइपुगे l उनको बलिंग देखेर पारसको ध्यान उनीतिर तानियो र पारसले उनलाई नेटमा बलिंग गर्न लगाए । सन्दीपको खेल कौशलता देखेर तत्कालिन कोच र कप्तान प्रशन्न भएर उनलाई अन्डर-१९ को क्यामपमा सामेल गराए ।


उनले लिस्ट-ए क्रिकेट मा १६ अप्रिल २०१६ मा नामिबिया बिरुद्द डेब्यु गरे,यो खेल पछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । त्यो म्याच पछि उनि २०१६ मा हुन लागेको अन्डर-१९ विश्व कप मा छ्नौट भए । सोहि प्रतियोगिताको दोश्रो खेलमा ह्याट्रीक लिएर सारा विश्वको ध्यानाकर्षण गरे । २७ रन मात्र दिएर ५ विकेट लिएका ऊनी म्यान अफ दि म्याच पनि घोषित भए । सोहि प्रतियोगितामा उनले १४ विकेट लिएर सबैभन्दा बढि विकेट लिने खेलाडी पनि बनेका थिए ।

नामिबिया सँगको खेलको ६ महिना पछि जे भयो,तेस्ले  सन्दिपको करिअरमा नयाँ मोड लियो,अस्ट्रेलियाका पुर्व कप्तान माईकल क्लार्कले सन्दिप लाई आफ्नो सानो क्लब,Western Suburbs District Cricket C।ub मा खेल्न आमन्त्रण गरे ।यस्पछि संसार को सन्दीप् माथि थप ध्यान तानियो । उनले क्लार्ल्कको क्लब बाट निकै राम्रो खेल प्रदर्शन गरे । सन्  २०१७ मा मलेशियाको बिरुद्द खेलमा उनले ८ रुन दिएर ५ विकेट लिएर जादुमई प्रदर्शन गरे । यस्तै तरिकाले उनले राष्ट्रिय टोलिबाट निरन्तर आफ्नो कौशलता देखाईरहे ।

२०१८ को जनवरीमा विश्वको सबैभन्दा ठुलो टि-२० लिग (इन्डीएन प्रिमिएर लिग)को अक्सनको लिस्टमा उनको नाम पनि सामेल भयो । उनलाई तत्कालिन दिल्ली डेर-डेभील्स(हाल दिल्ली क्यापिटलस्)ले आबद्ध गर्यो । उनको यो सफलता मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाल र भारतको समबन्ध थप बलियो भएको कुरा बताए । उनि आईपिएल खेल्ने पहिलो नेपाली भए । २०१८ मे सन्दिपले दिल्लीबाट रोयल च्यंलेजेर्स ब्यन्ग्लोरको बिरुद्द डेब्यु गरे,सो म्याचमा उनले १ विकेट लिए । उनले टुर्नामेन्ट भरि ३ गेम मात्र खेलेर ५ विकेट लिन सफल भएका थिए ।


सन् २०१८  नोवेम्बेरमा सिनिअर राष्ट्रिय टोलिबाट उनले नामिबिया बिरुद्द पहिलो पटक खेले । आइसीसीको दोश्रो डिभिजनको खेलमा उनले ८.२ ओभर मा १८ रन दिएर ४ विकेट लिए,सोहि म्याचमा उनि म्यान-अफ-दि म्याच पनि घोसित भए । तेस्रो म्याचमा दुबाई बिरुद्द उनले ३ विकेट लिए  । केन्यासँग को खेलमा उनले फेरि पनि पाचँ विकेट लिदै म्यान अफ-द-म्याच बन्न पुगे । उनिले सो प्रतियोगितामा ६ खेल मा १७ विकेट लिदै म्यान-अफ-दि टुर्नामेन्ट पनि घोसित भए । जुलाई २०१८ मा उनि नेदरल्याण्ड को बिरुद्द पनि खेले,यो म्याच नेपाल को लागि निकै महत्वपूर्ण थियो किनभने नेपालले ODI स्टाटस पाएपछिको यो नेपालको पहिलो ODI खेल थियो । उनले नेपालको लागि आफ्नो टि-२० डेब्यु जुलाईमा नेदरल्याण्डस् बिरुद्द गरे ।

जुन २०१८ मा उनि ग्लोबल क्यानाडा लिगको Montreal Tigers सँग आबद्ध भए,उनले सो प्रतियोगिता मा ५ म्याच खेल्दै ८ विकेट लिन सफल भएका थिए । सेप्टेम्बेरमा उनि अफघानिस्तानको नन्घर्हार को टीम मा आबद्द भए तर अफघानिस्तानको घरेलु टीम बाट उनले एक खेल मात्र खेले । अक्टोबर २०१८ मा उनलाई बिग ब्याश लिगको Me।bourne Stars ले उनलाई आफ्नो टीम मा सामेल गरायो । बिग ब्याश खेल्ने पनि उनि पहिलो नेपाली कृकेटर बन्न पुगे । सोहि महिनामा बंगलादेश को सिल्हेत सिक्स्र्सले उनलाई आफ्नो टीममा सामेल गरायो । नोवेम्बेरमा उनि पकिस्तानको लहोर कलन्दर्ससँग आबद्द भएर पाकिस्तान सुपर लिगको चौथो संस्करण खेले ।

आफ्नो निरन्तर सफलता र खेल कौशलका कारण उनले २०१७ मा एन.आई.पी.ए. बेस्ट युथ प्लयेर घोसित भए र २०१८ मा एन.सी.सी.यास-सि.पा.न क्रिकेटर अफ थि इएर पनि घोसित भएका थिए । हाल सन्दीप आइपिएलको १२औ संस्करण मा खेल्दै छन् । नेपालका कान्छा सुपरस्टार सन्दिप अहिलेझैँ सधै चम्किहून,उनलाई हाम्रो शुभ कामना ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *