दाङमा टेबलटेनिस सुरु

where to order prednisone online दाङ — आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबारदेखि घोराहीस्थित कभर्ड हलमा टेबलटेनिस सुरु भएको छ । खेलको उद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीले गरेका थिए । उनले राष्ट्रिय खेलकुदले खेलको सम्भावनालाई बढवा दिएको धारणा व्यक्त गरे ।

अहिले विभिन्न समूहहरुबीच राउण्डीङ खेल चलिरहेको छ । भोलिदेखि वैशाख ४ सम्म पुरुष र महिला बास्केटबल हुँदैछ । घोराहीमै वैशाख १ देखि ब्याडमिन्टन हुँदैछ ।

8th National Games

बेलझुण्डीस्थित रंगशालामा वैशाख ५ देखि ११ सम्म महिला फुटबल र वैशाख ५ देखि ११ सम्म एथलेटिक्स हुने भनिएकोमा रंगशाला तयार नभएकाले अरू ठाउँमा व्यवस्था मिलाइदैछ ।
तुलसीपुरस्थित कराँते हलमा वैशाख ६ देखि ११ सम्म कराँते र लमही क्रिकेट मैदानमा वैशाख ५ देखि ११ सम्म महिला क्रिकेट हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष डिल्ली डाँगीले बताए ।

स्रोत:कन्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *