बेलबारी र बिर्तामोड बिजयी

check this link right here now सुनसरी — इटहरीमा जारी मेयर कप क्रिकेटअन्तर्गत सोमबार बेलबारी नगरपालिका र बिर्तामोड नगरपालिका विजयी भएका छन् । इटहरी ९ स्थित क्रिकेट मैदानमा बेलबारीले पथरी-शनिश्चरे नगरपालिकालाई ६२ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको बेलबारीले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो । बेलबारीका आशिष झाले ४७, विकास दासले ३६ र अमित यादवले २७ रनको योगदान दिए । पथरी-शनिश्चरेका राज राईले २ विकेट र निकेश खत्री र रावण राईले १-१ विकेट लिए ।

जवाफमा १ सय ७३ रनको लक्ष्य पछयाएको पथरीले निर्धारित १८ ओभरमा ४ विकेट गुमाउँदै १ सय १० रनमात्र बनाउन सक्यो । आकाश खत्रीले अविजित ५० रन बनाए पनि हार टार्न सकेनन् । केलिन राईले २० रन जोडा अन्य खेलाडीले दोहोरो रनको स्कोर जोड्न सकेनन् । बेलबारीका म्यान अफ द म्याच विकास दास, एलन राई र अमित भगतले १-१ विकेट लिए ।
दोस्रो खेलमा बिर्तामोडले इनरुवा नगरपालिकालाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिड गरेको इनरुवाले १९ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । जवाफमा ९२ रनको लक्ष्य बिर्तामोडले ८ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मंगलबार सेमिफाइनल हुनेछ । इटहरी र बेलबारी तथा बिर्तामोड र विराटनगरबीच खेल हुनेछ । इटहरी उपमहानगरपालिकाको संयोजनमा सुरु प्रतियोगतामा प्रदेश १ का ८ टिम सहभागी छन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *