न्यू डायमण्डका खेलाडी क्रोएसिया जाँदै

चैत्र १५, २०७५ क्रोएसियामा भोलिबाट सुरु हुने आईएसएफ विश्व विद्यालय यू–१५ भलिबल च्याम्पियनसिप खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

च्याम्पियनसिपमा नेपालबाट न्यू–डायमन्ड एकेडेमीका खेलाडीले सहभागीता जनाउने छन् । अप्रिल ६ सम्म चल्ने प्रतियोगिता खेल्न ९ खेलाडी र अफिसियल गरी १४ सदस्यीय नेपाली टोली राति ८ बजे त्यसतर्फ जाने प्रशिक्षक कुमार राईले जानकारी दिनुभयो । प्रतियोगिताका औपचारिक खेलहरु भने सोमबारबाट सुरु हुनेछन् ।

१३ राष्ट्रका १४ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा लिग कम नकआउटका आधारमा चल्नेछ । प्रतियोगितामा एकेडेमीका सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ, रिया कुँवर, प्रेक्षा राई र सुनिता खड्काले प्रतिस्पर्धा गर्ने छन् ।

घरेलु महिला फुटबलमा अब्बल खेलाडी उत्पादन गर्दै आएको एकेडेमीले उमेर समूहका विद्यार्थीको क्षमता विकास र मनोबल बढाउन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको जनाएको छ ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *