महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार मुक्तीनाथ बैंकले प्रायोजन गर्ने

चैत्र २४, २०७५ – पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार मुक्तीनाथ विकास बैंकले प्रायोजन गर्ने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमान पोखरेल र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकले उपाधि विजेतालाई २ लाख रुपैयाँ र ब्यानरको प्रायोजन गर्ने छ । आगामी बैशाख १४ देखि १७ सम्म हुने प्रतियोगिताको विजेताले २ तथा उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५ हजार रुपैयाँ हात पार्नेछन् । विधागततर्फका विजेताले जनही ७ हजार रुपैयाँ पाउनेछन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *