एएफसी यू–२३ च्याम्पियनसिप छनोट : रक्षात्मक बन्दा फराकिलो हार

दोहा — उमेर समूहको यू–२३ एसियाली प्रतियोगितामा नेपालको प्रदर्शन सुरुदेखि नै राम्रो होइन । योसहित चार संस्करणको छनोट चरणमा नेपालले बिर्सनलायक प्रदर्शन गरेको छ । कतारसँग आइतबार दोहा स्पोर्टस सिटीको एस्पायर ५ मैदानमा ५ गोल खाएपछि नेपाली टोली थप आलोचित बनेको छ ।

दोहामा भएको एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपालका विमल घर्तीमगर (१०) लाई रोक्ने प्रयासमा कतारका खेलाडी (सेतो) ।

कतार स्वाभाविक रूपमा फिफा वरीयता, पूर्वाधार र प्रदर्शनमा राम्रो रहेको टिम हो । हालै एसियन कप विजेता कतारले आफ्नो रवाफ कायम राख्दा नेपाल स्वाभाविक प्रदर्शन गर्न समेत असफल भयो । अन्य प्रशिक्षकले जस्तै नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि बलियो टोलीविरुद्ध रक्षात्मक रणनीति लिएका थिए । त्यही रणनीति नेपालका लागि प्रत्युत्पादक भइदियो ।

४–१–४–१ को रणनीतिमा उत्रिएको नेपालले खेल अवधिभर विपक्षी पोस्टमा एउटै राम्रो आक्रमण बुन्न सकेन । कतारी रक्षापंक्ति निकै फुर्सदिलो बन्यो । त्यस विपरीत बल प्रायः नेपालको क्षेत्रमै सीमित थियो ।

रक्षात्मक रणनीति लिने, काउन्टर एट्याक र सेट पिसेस गोलका लागि तयारी गर्ने ब्रिफिङ पाएका खेलाडीले पोजिसन नै राख्न सकेनन् । वास्तवमा नेपाली खेलाडीहरू गोल गर्ने अवस्थामै पुग्न सकेनन् । ओमानविरुद्धको खेलमा नेपाली रक्षाफंक्ति सशत्त देखिएको थियो । कतारसँग भने गोलरक्षक अर्पण कार्कीकै प्रदर्शन खराब भइदियो ।

ओमानसँग अर्पणले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ५ उत्कृष्ट बचाउ गरेका थिए । ओमानका प्रशिक्षक हमाद अजानीले फिनिसिङ गर्न नसक्ने आफ्ना खेलाडीप्रति असन्तुष्टिसमेत व्यक्त गरेका थिए । खेलको १३ औं मिनेटमै गोल खाएर पनि नेपालले अन्तिमसम्म डटेर खेलेको थियो ।

कतारसँग प्रशिक्षक महर्जनले सोही टोलीलाई मैदानमा उतारेका थिए । पहिलो हाफमा नेपालको प्रदर्शन औसत रह्यो । २५ औं मिनेटमा हसन अहमल पालाङसँग रक्षक अनन्त तामाङको ट्याकलमा हङकङका रेफ्री लाउ होङ हेईले कतारलाई पेनाल्टीको अवसर दिए । त्यसपछि पहिलो हाफसम्म नेपालले एसियन च्याम्पियन कतारको आक्रमण विफल पार्दै आएको थियो ।

दोस्रो हाफमा नेपाली रक्षापंक्तिमा यति ठूलो भ्वाङ देखियो कि कतारका स्ट्राइकरहरूले हरेक पोजिसनबाट आक्रमण गर्न थाले । ६० मिनेटभित्र नेपाल ३–० ले पछि परिसकेको थियो । ५३ औं मिनेटमा एसियन कप विजेता टोलीका सदस्यसमेत रहेका कप्तान तथा डिफेन्डर बासम अलराबीले करिब ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार गोलरक्षक अर्पणले अनुमानै गर्न सकेनन् ।

६० औं मिनेटमा खालिफा शाद खालिफाको क्रस क्लियर गर्न खोज्दा दिनेश राजवंशीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । एस्पायर एकेडेमीको खुला मैदानमा एकनासले चलिरहेको हावाका कारण पनि बलको दिशा अनुमान गर्न कठिन भएको गोलरक्षक अर्पणले बताए ।

खेलको ६१ औं मिनेटमा सुनील बलको स्थानमा विश्वास श्रेष्ठ मैदान छिरेपछि नेपाली अग्रपंक्ति केही चलायमान भयो । ६९ औं मिनेटमा कप्तान विमल घर्तीमगरले १८ यार्डबाट गरेको सशक्त प्रहार कतारका डिफेन्डर तारेक सलमानले क्लियर गरिदिए । खेलभर कतारको पोस्टमा नेपालले गरेको आक्रमण त्यही एउटा थियो ।

प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘बलियो टोलीविरुद्ध रक्षात्मक बन्नु हाम्रो बाध्यता हो । ३ गोल खाइसकेपछि मैले टचलाइनबाट अगाघि बढेर खेल्न निर्देशन दिएको थिएँ । तर खेलाडीले मेसो पाएनन्, कतारले एकपछि अर्को गोल गर्दा खेलाडी हतोत्साही पनि बने ।’

यस प्रतियोगिताका लागि नेपालले आवश्यक तयारी गरेको थिएन । एएफसीको प्रतियोगिता भएकाले सहभागिता नहुँदा राम्रो सन्देश नजाने हिसाबले मात्र एन्फाले भाग लिएको हो । त्यसले गर्दा नतिजामा त्यसको छनक प्रस्ट देखिएको छ । सहभागी बाँकी तीनै टोलीले यसै प्रतियोगिताका लागि कम्तीमा ३ महिनाको तयारी गरेका छन् । नेपाली टोली भने मुस्किलले तीन साताको तयारीपछि दोहा आएको हो ।

कतार प्रशिक्षक अल्बर्टो फर्नान्डेजले लगातार दुई जितलाई तयारीअनुसारको प्रतिफलमा व्याख्या गरेका छन् । उनी प्रस्ट छन्, ‘यही प्रतियोगितालाई हामी पछिल्लो ३–४ महिनादेखि तयारीमा छौं । इराक, बहराइन र इरानसँग मैत्रीपूर्ण खेल खेल्यौं । वास्तवमा यो प्रतियोगिता हाम्रो ओलम्पिकको तयारी पनि हो ।’

ओमान र अफगानिस्तानले पनि तीन महिनादेखि तयारी गरिरहेका थिए । मैदानमा त्यसको असर देखिएकै छ । यस समूहबाट लगातार दुई हारपछि अफगानिस्तान र नेपाल प्रािविधिक रूपमा बाहिरिइसकेका छन् । प्रतिष्ठाका लागि मंगलबार एस्पायर ५ मैदानमै नेपालले अफगानिस्तानसँग खेल्नेछ ।

अफगानिस्तानले पहिलो खेलमा कतारसँग २–० को हार भोगेको थियो । सन् २०१६ पछि साफबाट मध्य एसियाली फुटबल फेडेरेसनमा सरुवा भएको अफगानिस्तान आइतबार ओमानसँग २–१ ले पराजित भयो ।

प्रशिक्षक महर्जनले अफगानिस्तानविरुद्ध रणनीति परिवर्तन गरिने बताए । ‘अफगानिस्तान अन्य दुई प्रतिस्पर्धीको तुलनामा सहज हुनेछ । हामी आक्रामक रणनीति लिनेछौं, हामीलाई अब गुमाउनु केही छैन, अन्तिम खेलमा सकारात्मक परिणामको खोजी गर्नेछौं,’ उनले भने ।

यू–२३ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तान दुवैले छनोट चरण पार गर्न सकेका छैनन् । फिफा वरीयतामा १ सय ६१ औं स्थानको नेपालभन्दा अफगानिस्तान १४ स्थान माथि छ । उसका प्रशिक्षक मोहम्मद मुज्तबा फाइजले युद्धग्रस्त क्षेत्रका जनतालाई जितको खुसी सञ्चार गर्न उत्सुक रहेको बताएका थिए ।

सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्यान्डमा एएफसी यू–२३ च्याम्पियनसिप हुनेछ । त्यसका लागि ११ समूहमा विभाजन गरी छनोट चरणका प्रतियोगिता भइरहेको छ । हरेक समूहको विजेता, ४ उत्कृष्ट उपविजेता र आयोजक थाइल्यान्डले फाइनल चरणमा स्थान बनाउने छन् ।

समूह ‘ए’ बाट कतार र ओमानबीच मंगलबार हुने खेलको विजेताले अन्तिम चरणमा सोझै स्थान स्थान बनाउने छ । त्यस खेलमा पराजित हुने टोलीका लागि पनि उत्कृष्ट उपविजेता भएर अगाडि बढ्ने अवसर हुनेछ । नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसिप खेल्ने सपना कम्तीमा अर्को २ वर्षका लागि पछाडि धकेलिएको छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *