सञ्जय र लालकुमार प्रो कबड्डीमा, अक्सनमा १० लाख भारु भाउ

चैत्र २६, २०७५

काठमाडौँ — बेङलोरु बुल्सले भारतको प्रो कबड्डी सिजन ७ का लागि नेपाली खेलाडीद्वय सञ्जय श्रेष्ठ र लालकुमार यादवलाई लिएको छ । मुम्बईमा सोमबार भएको अक्सनको पहिलो दिनबाट बुल्सले सन्जयलाई फिर्ता ल्याउन सफल भएको हो । 

सञ्जयलाई बुल्सले १० लाख भारुमा लिएको हो । धनुषा महेन्द्रनगरका यी खेलाडीले आफूलाई बुल्सले लिएको फेसबुकबाट थाहा पाएको जनाए । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बर्दियामा हुने कबड्डीको तयारीका लागि प्रदेश २ बाट खेल्न वीरगन्जमा क्याम्पमा रहेका सञ्जयले प्रो कबड्डीमा पहिलो पटक खेल्न पाउने आशा लिए ।गत वर्ष सञ्जय र लालकुमार यादव दुवै पुनेरु पल्टनमा थिए । दुवैलाई एक सिजनका लागि ८ लाख भारु पारिश्रमिक दिएको थियो । सिराहाका लालकुमार त्रिभुवन आर्मी क्लबका रेडर हुन् । उनको पारिश्रमिकबारे नखुले पनि १० लाख नै हुनसक्ने सन्जयले जनाए । दुवै ‘सी’ श्रेणीमा रहेका थिए । त्यसको अक्सनमा भाउ न्युनतम १० लाख भारु हुन्छ ।

सञ्जय प्रो कबड्डीमा २०१६ र २०१७ को चौथो र पाँचौं सिजन बुल्समै थिए । उनले चौथो सिजन ५ र दोस्रो सिजनमा ८ लाख भारु पारिश्रमिक पाएका थिए । त्यसपछि उनी पुनेरु पल्टन लागेका थिए । पहिलो तीन सिजन उनी बलिउड अभिनेता अभिषेक बच्चनको जयपुरमा थिए । पहिलो सिजनको अक्सनमा २ लाख भारुमा भाउ लागेका सञ्जयलाई त्यसपछि २ लाख ५० हजार भारु पारिश्रमिक दिइएको थियो ।
प्रो कबड्डीको सातै सिजन टिमसँग रहन लागे पनि सञ्जयसहित कुनै पनि नेपाली खेलाडीले मैदानभित्र छिर्न पाएका छैनन् । सञ्जयले कान्तिपुरसँग यसपल्ट आफूले धेरै आशा गरेको जनाए । दुई दिने अक्सनमा ४ सय ४१ खेलाडी आफ्नो भाउको प्रतीक्षामा छन् । त्यसमा १३ देशका ५३ विदेशी खेलाडी छन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *