रोहितको कप्तानीमा यू-१९ टोली

काठमाडौँ — रोहितकुमार पौडेलको कप्तानीमा नेपालले आईसीसी यू-१९ विश्वकप छनोट एसियाका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रतियोगिता अप्रिल १० देखि १८ सम्म मलेसियामा आयोजना हुँदै छ ।

रोहितसहित नेपाली टोलीमा अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आशिफ शेख, पवन सर्राफ, प्रतिश जिसी, रशिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र सूर्य तामाङ छन् । वैकल्पिकमा आकाश चन्द, लोकेशबहादुर बम, रविकुमार साह र शेर मल्ल छन् ।

नेपाली यू-१९ टोलीको प्रशिक्षकमा विनोद दास, व्यवस्थापकमा रमन सिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन् । टोली शनिबार मलेसिया जानेछ ।

५० ओभरको प्रतिस्पर्धामा नेपालले अपि्रल १२ मा सिंगापुर, १३ मा यूएईसँग, १५ मा मलेसिया, १६ मा ओमान र अपि्रल १८ मा कुवेतसँग खेल्नेछ । राउन्ड रोबिनमा सहभागी ६ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि समूहको शीर्षस्थानमा रहने टोली विजेता हैसियतमा सन् २०२० मा दक्षिण अपि|mकामा हुने आईसीसी यू-१९ विश्वकपमा छानिने छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *